आतंककारी समूह ईस्लामिक स्टेट आईएसले आगामी वर्ष रसियामा हुने विश्वकप फुटबललाई लक्षित गरी आतंककारी हमला हुनसक्ने संकेत सहितका केही तस्विर सामाजिक संजालमा पोष्ट गरेका छन् । आतंककारी समूह ईस्लामिक स्टेटले विश्व प्रसिद्ध दुई खेलाडी लियोनल मेस्सी र नेईमार जुनियरसहितको ६ वटा तस्विर राखेर विश्वकपमा खलल पुर्याउने उद्देश्यसहितको पोष्टर सार्वजनिक गरेको हो । आईएसले सार्वजनिक गरेको उक्त तस्विरमा अर्जेन्टाईन लियोनल मेस्सीको टाउको काटिएको र छेउमा नेईमारलाई सजायको तयारी तस्विर र उनको शरीर नजिक आईएसको झण्डा राखिएको छ । त्यसैगरी आईएसले मेस्सिलाई कारागार पछाडि राखिएको र आखाँबाट रगत बगेको तस्विर सार्वजनिक गरेको छ । उक्त तस्विरमा आईएसले तिमीहरु हार्न नसिकेको राज्यसँग युद्द गर्ने तयारी गर्देछौ भनेर लेखिएको छ । अन्य तस्विरमा आगामी विश्वपकशको मस्कटलाई आधा टुक्रा गरिएको छ र दर्शकदीर्घामा आगोका झिल्कासहितको आतंकित दृश्य देखिन सकिन्छ । सार्वजनिक गरिएको अर्को एक तस्विरमा रसियाको फुटबल स्टेडियममा हामी मात्र एक हो जसले युद्द मैदानको तय गर्न सक्छ भनेर उल्लेख गरिएको छ । आईएसले सार्वजनिक गरेको तस्विरप्रति अर्जन्टिनाको फुटबल संघले आपत्ति जनाएको छ । रसियामा आगमी वर्ष हुने विश्वपको सुरक्षाको विषय उठिरेहको समयमा आतंककारी समूह आईएसले आतंक मच्चाउने तस्विर सार्वजनिक गरेको हो । ३२ राष्ट्र सम्मिलित हुने फुटबल विश्वकप सन् दुई हजार १८ को जुन १४ देखि जुलाई १५ सम्म खेलिने छ ।