मनिष दुवाडी
कात्तिक १२

घाटवेशी (धादिङ) ः  पृथ्वीराजमार्ग अन्तगरत धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटवेशी स्थित बाङगेघुम्तीबाट त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा ३१ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १६ जना यात्रु घाइते भएका छन । घाइतेहरु सवै पौडेर बाच्न सफल भएका हुन ।हेटौडाबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख १४६७ नम्वरको बसमा अधिकाँश सप्तरीका यात्रुहरु थिए । सप्तरीबाटै काठमाण्डौका लागि छुटेको ना ६ ख १४६८ नम्वरको बस हेटौडामा आइपुग्दा पट्टा भाँचिएपछि विगे्रको बसका यात्रुहरुलाइ लिएर उक्त दुर्घटनामा परेको बस हेटौडाबाट काठमाण्डौ जाँदै गरेको थियो । पृथ्वीराजमार्गबाट बस अन्दाजी २० मिटर तल सिधै त्रिशुली नदीको तालमा खसेको थियो । बस पानीभित्र बेपत्ता भएपछि बसभित्रै च्यापिएर यात्रुहरुको मृत्यु भएको दुघर्टना लगत्तै उद्धारमा पुगेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक बरुण सिंहले जानकारी दिए । बस त्रिशुली नदीमा खसेर बेपत्ता भएपछि खोजी कार्यको लागि शसस्त्र प्रहरी बल विपत ब्यवस्थापन तालिम केन्द्र कुरिन्टारबाट प्रहरी टोली झिकाइएको थियो । गोताखोरको टोलीले ८ घण्टा लगाएर पानीमा डुवेको शवहरुलाइ निकालेको थियो ।मृतक मध्ये २९ जनाको सनाखत भएको छ भने २ जनाको सनाखत हुन वाँकी रहेको छ । शवको पोष्टमार्टम गरि आफन्तहरुलाइ जिम्मा लगाउने काम भइरहेको इलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ । घाइते भएका मध्ये सप्तरी राजविराज ६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको अवस्था गम्भीर रहेको र उनीहरुको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने वाँकी १४ जनाको भने गजुरी अस्पतालमा नै उपचार भइरहेको छ ।
तीव्रगतीमा रहेको बस घुम्तीमा पुगेपछि अनियन्त्रित हुँदा सिधै त्रिशुली नदीमा खस्न पुगेको घाइतेहरुले बताएका छन । बसमा तिहार छठ मानेर राजधानी फर्कदै गरेका सप्तरीका स्थानीयहरु थिए । घाइते सप्तरीका सुरेश यादवका अनुसार चालकले लापरबाही तरिकाले सवारी हाँकेकाले दुर्घटना भएको हो । दुर्घटनापछि चालक फरार रहेको बताइएपनि अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन । गाडी साहु र समितिलाइ सम्पर्कमा ल्याइ तत्काल राहत वितरणको काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सवारी दुर्घटनामा सनाखत भएका मृतकहरुको बिवरण
१ राज कपुर यादब, गोलबजार–८, सिराहा
२ चन्द्र रेखा प्रमाणी, बोधेबर्साईन–१, सप्तरी
३ चन्द्रावती झा, राजबिराज न पा १६, सप्तरी
४ मन्जित कुमार झा, तिलाठि कोईलाडी गा पा १, सप्तरी
५ नरेश मुखिया(सह–चालक) देउरिया भरुवा न पा १८, सप्तरी
६ शुसान्त चौधरी, देउरिया भरुवा न पा १८, सप्तरी,
७. रामानन्द यादब, देउरिया भरुवा न पा १८, सप्तरी
८ ममता देबि ठाकुर, भारत बिहार
९ आदित्य यादब, बोधेबर्साईन–२, सप्तरी
१० संजित कुमार झा, तिलाठि गा पा–३, सप्तरी,
११ पार्बती चौधरी, नरैया, सप्तरी,
१२ सम्मि कुमारी झा, तिलाठि–३, सप्तरी,
१३ चन्द्र लेखा प्रमाणी, बोधेबर्साईन, सप्तरी,
१४. प्रमोद ईसार, माहादेवा–९, सप्तरी,
१५.सुधिर कुमार यादब कृष्णसरोवन ४, सप्तरी
१६ मनिष ठाकुर, भारत बिहार मधुवनि
१७ उदय मण्डल, नराह गा. पा.१०, सिरहा
१८ आशीकि कुमारी यादव, बोधेबरसाईन–२, सप्तरी
१९ समिक्षा यादव, कृष्णसरोवन–४, सप्तरी
२० प्रभा चौधरी, लहान न.पा.६, सिराह
२१ रिषी आनन्द देव, राजबिराज न.पा.–१३, सप्तरी
२२ आदित्य झा, राजबिराज न.पा.–१४, सप्तरी
२३ समिक्षा कुमारी यादब, बोधेबरसाईन–२, सप्तरी ।
२४ सुदिप चौधरी, शम्भुनाथ न.पा. सप्तरी,
२५ चित्र रेखा बरमाणी, बोधेबरसाईन–३, सप्तरी
२६ मानवी यादव, बोधेबरसाईन–३, सप्तरी
२७ सुरेन्द्र चौधरी, बोधेबरसाईन–२, सप्तरी
२८ चित्र रेखा प्रमाणी, बोधेबरसाईन–३, सप्तरी
२९ पसुपती चौधरी बोधेबरसाईन–२, सप्तरी