नवलपरासीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । आज बिहान १० बजे भैरहवा भुमई पाईपास सडक अन्तर्गत जिल्लाको रामग्राम नगरपालिका-१२ जमुवाडमा ट्रक र माईक्रोबस एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाईते भएका ८ जना मध्ये दुईजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका २ परासी बस्ने वर्ष ३५ का अरविन्द ठाकुर र रामग्रामकै वडा नं.५ बस्ने वर्ष २६ का जितेन्द्र कुमार पाण्डे छन् । बाँकी ६ जना गम्भीर घाईते मध्ये ५ जनाको उपचार भुमहीको एक सामुदायिक अस्पतालमा भैरहेको छ भने १ जनालाई थप उपचारका लागि रुपन्देहिको क्रिम्सन अस्पताल मणिग्राममा लगिएको प्रहरीले जानकारी दिएको छ ।।