फ्रान्सको दक्षिणपुर्वी क्षेत्रको जंगलमा लागेको आगो फैलिएका कारण १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आगो बस्तीमा फैलदैं गएपछि मानिसहरुलाई सुरक्षित स्थानमा स्थानातान्तरण गरिएको हो । भुमध्यसागरको तटिय क्षेत्रमा झण्डै ४ हजार हेक्टर क्षेत्रफलमा आगो फैलिएर नियन्त्रण बाहिर पुगेको फ्रान्सका सरकारी अधिकारीहरुले बताएका छन् । फ्रान्सले युरोपियन युनियनका सदस्य राष्ट्रलाई आगो नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको छ । गत सोमबारबाट लागेको आगो नियन्त्रण गर्न ४ हजार अग्नी नियन्त्रक परिचालन गरिएको छ । आगो नियन्त्रण गर्ने क्रममा १२ जना अग्निनियन्त्रक र १५ जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।