निकुञ्ज ऐन अन्तर्गत अनुमति विना निकुञ्जक्षेत्र भित्र कोही पनि प्रवेश गर्न पाउदैनन्। यदि प्रवेश गरेको पाईए त्यो गैरकानूनी मानिन्छ । बिशेष अपरेशनले निकुञ्ज भित्र हुने अवैध गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विस्वासका साथ महाहण्ट अप्रेशन शुरू गरिएको छ। यतिखेर बर्दिया नेशनल पार्कमा क्यामेरा ट्रयाप गरी वाघ र त्यसको आहारा प्रजातीको अनुगमन पनि भैरहेको छ । यस्तो समयमा क्यामेरा चोरी हुने, घाँस, दाउरा, खर काट्ने वहानामा वन्यजन्तुको चोरी शिकार हुनसक्ने सम्भावना रहने भएकाले पनि अभियानले ति सवै अवैध गतिविधि हरुलाई रोक्न सक्ने निकुञ्जको दावी छ ।नेपाली सेनाको महाहण्ट अप्रेशन अभियान अन्तर्गत नेपाली सेनाका फौजहरुलाई तिन वटा सेक्सनमा परिचालन गरिएको छ । जसमा नेपाली सेनाको विशेष फौज लगायत सुराकी संयन्त्रहरु निकुञ्ज भित्रै क्याम्प खडा गरेर परिचालित छन् । निकुञ्ज भित्र नियमित र रियल टाईम स्मार्ट गस्तीले समेट्न नसकेको क्षेत्रमा विशेष स्विप अपरेशन हुन्छ । सुर्खेत जिल्लाको तरंगा देखि लेखपराजुल र बर्दियाको परेवा ओडार देखि देउराली चुरेरेञ्ज तथा ढकेला, भुरीगाउँ र डल्ला क्षेत्रमा सशक्त अपरेशन जारी छ । पहिलो चरणमा एरिया शर्च गर्ने कार्य भैरहेको छ । पुष महिना देखि शुरु भएको अभियान आवश्यकता अनुसार जारी रहने वताईएको छ । सेनाको फौजले आवस्यक ठानेको अवस्थामा कोर एरियामै अभियानका युवाहरुलार्इ पनि गस्तीमा पठाइने गरिएको छ। नेपालमा चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा महाहण्ट अप्रेशन-४ सञ्चालन भैरहेको हो। निकुञ्ज भित्र सुरक्षा पोष्ट नभएका अतिसंवेदनशिल स्थानहरुमा स्विप अपरेशन प्रभावकारी रहने भएकाले पनि यस्ता अभियानहरुले निरन्तरता पाउनु जरुरी छ ।