नेपाल आयल निगमले इन्धन ढुवानीका क्रममा हुने चोरी नियन्त्रणका लागी लकिङ्ग प्रणाली लागु गर्ने भएको छ । आज राजधानीमा आयोजित निगमको बार्षिकोत्सव कार्यक्रममा वोल्दै प्रवक्ता विरेन्द्र गोहितले ढुवानीका क्रममा बाटोमा चोरी हुने लगायत समस्या समाधानका लागि लकिङ्ग प्रणाली लागु गर्न लागेको जानकारी दिनुभयो ।  निगमले डिजल र खाना पकाउने ग्यासमा देखिएको घाटा कम गर्न अव प्रत्येक महिना मुल्य समायोजन गर्ने तयारी समेत गरेको छ । निगमले संघिय संरचना अनुसार प्रत्येक प्रदेशमा कम्तिमा ९० दिनको भण्डारण क्षमता विस्तार गर्ने सकारको निति अनुसार कार्यालय स्थापना गर्ने र जग्गा खरिद गर्ने काम भईरहेको जनाएको छ । कार्यक्रममा व्यवसायीले नियमनकारी निकाय भएर पनि आयल निगमले जिम्मेवारी पुर्वक दायित्व पुरा गर्न नसकेको गुनासो गरेका थिए ।।