पूर्व मन्त्री शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाउनु भएको छ । उहाँले निर्वाचन आयोगको पछिल्लो गतिबिधिलाई नियाल्दा देशी बिदेशी शक्तिको तुरुपको र संबिधानको मर्म बिपरित गएर काम गरिरहेको आरोप लगाउनु भएको हो । बर्तमान देउवा सरकाले जनआदेश र संविधान बिपरित गएर आफ्नो आयु लम्बाउने काम गरेको भन्दै उसले गरेका हरेक महत्वपूर्ण बिषय अव बन्ने बाम गठबन्धनको सरकारलाई मान्य नहुने बताउनु भयो । बामगठबन्धन टुटाउन देशी बिदेशी शक्ति लागिपरेको समेत उहाँले बताउनु भयो ।