निर्वाचन आयोगले समानुतातिक तर्फ उम्मेद्वारको बन्द सुचि पेश गरेका दलहरुको छानविन गर्न सकेको छैन । हिजो दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकालागि समानुपाति तर्फ उम्मेद्वार दर्ता गरेका थिए । आयोगले अहिले सम्म कति वटा राजनीतिक दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाकालागि उम्मेद्वारको सुचि पेश गरे भन्ने यकिन तथ्याङक निकाल्न सकेको छैन । दलहरुले सबै कल्सटर मिलाए बुझाएका छन् की छैनन् भन्ने कुराको छानविन भइ रहेको छ । ठुला दलहरुको उम्मेद्वारको सुचिमा सबै भन्दा बढि समस्या भएको आयोग जनाएको छ । ठुला दलको सुचिमा समावेस भएका उम्मेद्वारहरुको मतदाता नामावलीमा नाम छ कि छैन भन्ने पनि छानविन भइ रहेको छ । आयोगले दिएको अपुष्ट जानकारी अनुसार ४९ दलहरुले उम्मेद्वारको बन्द सुचि पेश गरेका छन् । ५५ दलहरुले उम्मेद्वावारी दर्ता गर्दा लाग्ने शुल्क बुझाएका थिए ।