सुनसरी साउन ११
सुनसरीमा आफ्नै श्रीमतीको हत्या गरी श्रीमान रामकुमार यादवले आत्मसमर्पण गरेका छन् । रडले हानेर कोशी गाउँपालिका ६ बस्ने २५ वर्षिया श्रीमती संगीता यादवको हत्या गरेका हुन् ।  रडले हानेर श्रीमतीलाई बाहिर आँगनमा ल्याएर ट्युबले घाँटी कसिदिएका थिए । श्रीमतीको हत्या गरेर उनी प्रहरी कार्यालय भण्टाबारी पुगेका थिए । प्रहरीलाई उनले ससुराली पक्षले बढी तनाब दिएको झोँकमा श्रीमतीको हत्या भएको बयान दिएको एसपी पोषराज पोख्रेलले बताए ।