सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जाजरकोटको रिम्नाबाट नेपालगंजतर्फ जाँदै गरेको म १ ख ७२२ नम्बरको बस जाजरकोटको सिम्ता गाउँपालिका– ४ मा सडकबाट एकसय मिटर तल भेरीको किनारमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइते २० जनाको नेपालगंजमा उपचार भइरहेको सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले जानकारी दिनुभएको छ ।