२५ पुस , कास्की आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १७ औं संस्करणमा दुई विदेशीसहित १२ टिमको सहभागिता जनाउने भएका छन् । माघ ९ गतदेखी २० गते सम्म हुने प्रतियोगितामा बंगलादेशको उत्तर बरिन्धरा क्लब, भारतको युनाईटेड सिक्किम फुटबल क्लब र नेपालका ए डिभिजन गरि १२ वटा क्लबको सहभागित रहने छ । यस बर्षबाट आयोजक साहारा क्लबले पुरस्कार राशीमा बृद्धि गरेको जानकारी दिएको छ । प्रतियोगितको विजेताले उपाधीसहित नगद ७ लाख १ हजार, उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्नेछ । प्रतियोगिता अवधि भरबाट छानिने एक जना दर्शकलाई सहारा हङकङबाट स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।