काठमाडौंः नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ।

बंगलादेशको शेख कमल स्टेडियममा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानको २३ वर्ष मुनिको टोलीले ४५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। पाकिस्तानका इमाम उलहक १०४  र  हमद अजम २२ रनमा नटअाउट रहे। यस्तै इमरान बुटले २१, हरिष सोहिलले १७ तथा महोमद रिजवानले १० रनको जोडेका थिए। 

नेपालका लागि सन्दिप लामिछने र कप्तान ज्ञानेन्द्र मल्लले समान दुर्इ-दुर्इ विकेट लिए। 

यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले पुरै ५० ओभरमा ९ विकेटको क्षतिमा १७९ रन बनाएको थियो। नेपालका लागि सुनिल धमलाले सर्वाधिक ४३ र शरद भेष्वाकरले ३८ रनको योगदान दिए।

यस्तै विनोद भण्डारीले २४, आरिफ शेखले १६ र दिपेन्द्रसिंह ऐरी १४ रन जोड्दा सागर पुन ४ तथा कप्तान ज्ञानेन्द्र मल्ल २ रनमा जोड्दै पेभिलियन फर्केका थिए। नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान, बङ्गलादेश र हङकङ छन्।

annapurnapost.com