छोराकै खुकुरी प्रहारबाट बावु गम्भीर घाइते

Author : Admin

घरायसी विवादमा आफ्नै छोराले खुकुरी प्रहार गर्दा सप्तरीको रुपनी गाउँपालिका–२ बस्ने ४५ वर्षीय रामकिशुन खङ्ग गम्भीर घाइते भएका छन् ।

घरायासी बिवादका कारण झैझगडा हुँदा गएराति १८ वर्षीय शिवशंकर खङ्गले प्रहार गरेको खुकुरीले उनका बावु रामकिशुन गम्भीर घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।

घाइते भएका रामको युनिक अस्पताल रुपनीमा उपचार भइरहेको र खुकुरी प्रहार गरी फरार रहेका घाइतेका छोरा शिवशंकरको खोजतलाश भइरहेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।