स्कारपियो दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै सनाखत (अपडेट)

Author : Admin

ओखलढुंगा : ओखलढुंगामा  भएको स्कारपियो दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै सनाखत भएको छ। घाइते दुईजनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ताप्लेजुङ ओलाङचुङ गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।

घाइतेको उदयपुरको घुर्मिस्थित आस्था अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनका कारणबारे अनुसन्धान भइरहेको बताइएको छ। 

त्यस्तै काठमाडौं बौद्धका चालक कृष्ण श्रेष्ठ गम्भीर घाइते छन्।आइतबार बिहान ११:४५ बजे सोलुखुम्बुको सल्लेरीबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका ७ स्थित भण्डारे खोलामा दुर्घटनामा परेको थियो।