पर्सा : वीरगन्जस्थित नारायणी अस्पतालमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । क्षेत्रीय कार्यालय हेटौडाको टोलीले सोमबार नारायणी अस्पतालमा छापा मारेको हो। टोलीले अस्पतालको फार्मेसीको कागजात नियन्त्रणमा लिएको छ।
फार्मेसीमा १ करोड २१ लाख अनियमितता भएको सम्बन्धी समाचार साउन २४ गतेको अन्नपूर्णमा प्रकाशन भएको थियो । त्यही समाचारका आधारमा अख्तियारले फार्मेसीमा पुगेर छनबिन गरिरहेको हेटौडास्थित आयोगको क्षेत्रीय कार्यालयका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए।
अख्तियारको टोली अस्पतालमा आएको र फार्मेसीसँग सम्बन्धित कागजात र स्टकमा रहेको औषधिको लगत संकलन गरिरहेको अस्पतालका निमित्त मेसु डा वीरेन्द्र प्रधानले जानकारि दिए। उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा ५ सदस्यीय टोली आएको उनले पुष्टि गरे।