निर्मला प्रकरण: झन् झन् रहस्यमयी || AP CENTER || SAMA THAPA || AP1HD

Sama Thapa

Presenter

कञ्चनपुरकि किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भयो । यो घटनाको आज १ वर्ष पुरा भएको छ । अभियुक्तको खोजी गर्न भन्दै बिभिन्न छानविन आयोग, प्रतिवेदन, निरिक्षण र अनुगमन टोली बनाइयो तर अपराधी अझै पत्ता लाग्न सकेको छैन । शंकास्पद भनिएका ५ सय २९ जनासँग त बयान नै लिइयो , अनि ७३ जनाको डिएनए परिक्षण पनि भयो तर प्रगति शुन्य । यसले पीडित परिवारलाई आहत त गरेको छ नै समग्र प्रहरी प्रशासन र मुलुकको शाख नै झुकाएको छ । घटना लगत्तै बढेका आक्रोश र पीढाका स्वरपनि मधुरो हुदै गइरहेका छन् , अधिकारकर्मी र नागरिक समाजका अगुवाको दवाव पनि पातलो हुँदा पीडित परिवार न्याय नपाउने भनेर झस्किन थालेका छन् । हालै मात्र गृहमन्त्रीले पत्रकार सम्मेलन गरेर घटनालाई राजनीतिकरण गरिएको र यस्ता घटना हिजो पनि थिए आज पनि छ र भोली पनि हुन सक्ने भनेर दिएको अभिव्यक्तीले धेरैको मनमा चिसो पसेको छ । गृहमन्त्रीको भनाइले सरकार अभियुक्त पक्राउ गर्न प्रतिवद्ध नदेखिएको भनेर पनि अड्कल काटिएको छ । घटनाको वर्षदिन पुग्दा समेत नभेटिएको अपराधी अब कसरी भेटिएला ? यसमा सरकार कहाँ कसरी चुकेको छ ? अपराधीलाई कानुनी दायरामा ल्याउन कस्तो संयन्त्र परिचालन गर्न पर्छ ? योबीचमा भइरहेका सरकारी प्रयास र लावरवाही के रहयो । सरकारले अपराधी पक्राउ गर्न नसकेको कि नचाहेको ? आज यो विषयमा छलफल गर्ने छौ र छलफलका लागि आज हामीसँग हुनुहुन्छ राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, र पूर्व एआइजी राजेन्द्र सिहं भण्डारी र नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौला ।

 

Presenter: Sama Thapa

Guest: डिला संग्रौला सांसद, नेपाली कांग्रेस मोहना अन्सारी सदस्य राष्ट्रिय मानवअधिकार आयोग राजेन्द्र सिहं भण्डारी, पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक

Similar Program