पहिलो अन्तर्राष्ट्रिय पदक विजेतालाई राज्यबाट बेवास्था || JIT BAHADUR KC || AP REPORT || AP1HD

BIbhu Shrestha

Presenter

कुनै पनि देश वा समुदायलाई विवादरहितरुपमा जोड्ने सीमित क्षेत्र मात्र हुन्छन् । त्यस्तै क्षेत्र मध्ये पर्छ खेलकुद । तर त्यही खेलकुदमार्फत देशलाई चिनाएका खेलाडीहरु भने राज्यबाट उपेक्षित जीवन जिउन बाध्य पारिनु विडम्बनापूर्ण विषय हो । यसकै एक उदाहरण हुन् जीत बहादुर केसी । ७२ वर्षअघि दोलखामा जन्मिएका जीतबहादुर केसी नेपालका एकमात्र त्यस्ता पात्र हुन्, जसले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताए । उनले सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियन च्याम्पियनसिपमा नेपाललाई पदक दिलाएका थिए । केसीले यस प्रतियोगितामा नाङगो खुट्टाले दौडदै कास्य पदक हात पारेका थिए । देशकै लागि खेलमा जितेका जितबहादुर अहिले जिन्दगीमा भने हारेको महसुस गरेका छन् ।

News Corespondent: Bibhu Shrestha

Camera Person: Surendra Maskey and Pradip K.C

Visual Editor: Punyaswori Prajapati