किन हट्दैन त्रिविकाे झमेला ? || ट्रान्स्क्रीप्ट वितरण || AP REPORT || AP1HD

Subash Niraula

Presenter

त्रिभुवन विश्व विद्यालयको परिक्षा नियन्त्रण कार्यलयले २४ घण्टा भित्र ट्रान्स्क्रीप्ट वितरण गर्ने सुनेर तपाई पनिका जादै हुनु हुन्छ ? यदी यसो हो भने धेरै पटक २४ घण्टा कुर्ने मानशिक तयारी गरेर मात्र जानुहोला । त्रिविले आफैले गरेको घोषणा कार्यान्वयन भयो कि भएन भनेर आज हामी पनिका पुगेका थियौं । त्यहाँ पुग्दा हामिले जे भट्यौं त्यो अबको रिपोटमा ।।१००।। शनिवार र सार्वजनीक विदाका समय बाहेक अन्य समय भिड भाड देखिने त्रिभुवन विश्व विद्यालयको परिक्षा नियन्त्रण कार्यालयको सुधार गर्ने विश्व विद्यालयले पटक पटक बाचा गर्दै आएको छ । पछिल्लो समय परिक्षा नियन्त्रण कार्यलयले एक दिन अर्थात २४ घण्टामै ट्रान्स्क्रीप्ट वितरण गरि सक्ने घोषणा गरेको थियो । शुक्रबार हामी विश्व विद्यालयले गरेको बाचा पुरा भयो भएन, विद्यार्थीले २४ घण्टा भित्रै ट्रान्स्क्रीप्ट पाए त भन्दै परिक्षा नियन्त्रण कार्यलय बल्खु पुग्यौ । घोषणा कार्यान्वयन त टाढाको कुरा परिक्षा नियन्त्रणको सम्पुर्ण प्रशासनीक कार्य एक जना सह नियन्त्रकले थामि रहेका थिए । अरु नियन्त्रकको अत्तोमत्तो थिएन ।

 

 

News Correspondent: Subash Niraula Camera Person: Kunal Shrestha Visual Editor: Punyaswori Prajapati