नगरसभा व्यानरमै मदिरा सेवन तथा नृत्य || AP REPORT || AP1HD

Subash Niraula

Presenter

बुधबार सम्पन्न ३१ औं नगरसभाको निर्णय सार्वजनिक गर्न व्यास नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलन सकिएलगत्तै नगर प्रमुखसहित नगरसभा सदस्यहरु मदिरा सेवन गर्दै नाचेको प्रष्टै देखिन्छ । नगरसभाको व्यानर नै नहटाइ गरिएको यस्तो गतिविधि आलोचनाको विषय बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सरकारी रकमबाट मदिरा सेवनसहितको पार्टी आयोजना गर्नु गैरकानुनी हुने बताएका छन् । जनस्तरबाटै घटनाको आलोचना भैरहेपनि कार्वाही कसले गर्ला भन्ने प्रश्न उठेको छ ।।